056594350
भरतपुर महानगरपालिका –१०,बाईपास, चितवन
हाम्रो बारेमा
Description

चितवन जिल्लामा क्रियाशिल बचत तथा ऋण सहकारी संस्थाहरू मध्ये चित्रवन, दीपज्योति,जनसेवा, सामुदायिक, दियालो, प्रभात महिला, चन्द्रसूर्य, हिमाली, र सूर्योदय गरी ९ वटा बचत तथा ऋण सहकारी संस्थाहरूको मिति २०५३ मंसिर १९ गते भएको पहिलो भेलाले छाता संगठनको रूपमा यस संघको स्थापना गर्ने निर्णय गर्यो । उक्त निर्णयबमोजिम संघको विनियम तयार गरी तत्कालिन जिल्ला सहकारी  डिभिजन कार्यालय कार्यालय चितवनमा मिति २०५३.११.२९ गते यस संघको विधिवत दर्ता भएको हो । सुरुका बर्षहरूमा तत्कालिन जिल्ला सहकारी कार्यालय र जनसेवा साकोसको कार्यालयमा आफ्नो खातापाता राखि गतिविधि सञ्चालन गदै आएको यस संघले हालका वर्षहरूमा जिल्ला सहकारी संघको माथिल्लो तलमा कार्यालय सञ्चालन गरि आएका छ ।यस संघको आवद्धता राष्ट्रिय सहकारी महासंघ लि, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।(नेफ्स्कून),राष्ट्रिय सहकारी बैक,प्रदेश बचत तथा ऋण सहकारी संघ लि, प्रदेश सहकारी संघ लि र जिल्ला सहकारी संघ लि.मा रहेको छ । विगतका वर्षहरुमा वार्षीक कार्ययोजनाको आधारमा वित्तीय र गैर वित्तीय सेवा प्रदान गर्दै आएका छ ।

हामीसँग मिलेर आर्थिक रूपमा सशक्त समुदाय निर्माण गरौं!

किन यो महत्त्वपूर्ण छ?

अनुसन्धानहरूले देखाउँछन् कि वित्तीय साक्षरताले तनाव कम गर्न, आर्थिक नतिजा सुधार गर्न, र दीर्घकालीन सम्पत्ति निर्माणमा सहयोग पुर्‍याउँछ। हामी विश्वास गर्छौं कि शिक्षा नै सशक्तिकरणको चाबी हो।

“ज्ञानमा गरिएको लगानी नै सबैभन्दा राम्रो ब्याज दिन्छ।” – बेंजामिन फ्र्याङ्कलिन